साझेदारले धोका दिएको भन्दै विशाल भण्डारीले गुहारे प्रधानमन्त्री


२०८२ श्रावण ४ आइतबार १४:१८ बजे
तस्वीर : भण्डारीको फेसबुक (मेटा)

काठमाडौं । कमेडी च्याम्पियनका निर्माता तथा निर्देशन विशाल भण्डारीले आफूलाई साझेदारले धोका दिएको भन्दै प्रधानमन्त्री गुहारेका छन् । उनले आफूलाई एक साझेदारले सहमति विपरीत गएर रकम असुल गरेको साथै मानसिक तनाव समेत दिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको गुहार लगाएका हुन् ।

साझेदारले आफूलाई सिध्याउने नियतले अनेक कानूनी झमेलामा फसाएको साथै सहमति अगावै आफ्नो रकम लगेर पनि थप ९० लाख लिएर गएको र फिर्ता नगरेको उनको भनाइ छ । न्यायका लागि जाँदा प्रहरीले पनि आफूलाई साथ नदिएको उनले गुनासो गरेका हुन् ।

भण्डारीका अनुसार १९ महिनाअघि ती गैरआवासीय नेपाली ३.५ करोड रुपैयाँ लगानी गरेर ३० प्रतिशत सेयर किन्ने सर्तमा निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिमा प्रवेश गरेका थिए । ‘कमेडी च्याम्पियन’ सिजन ३ चलाउन आवश्यक डेढकरोड तत्काल दिने र मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्‍याउन भद्र सहमति आफूहरूबीच भएको जनाउँदै विशालले आफूसँग २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको उल्लेख गरेका छन् ।

ती व्यक्तिले आफ्नो माथिल्लो तहमा पहुँच रहेको भन्दै दुःख दिने गरेको समेत उल्लेख गरेका छन् । ‘राज्य प्रशासनमा भएको ढोंगी पहुँचको दुरुपयोग गर्दै आफै सञ्चालक रहेको कम्पनीको चेक लगेर बैकिंङ कसुरमा मेराबिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दुःख दिए । दवावमा राखेर २ करोड ४० लाख असुले ।

’भण्डारीले सिजन–३ को विजेतालाई कार पुरस्कार दिन नसकेकोमा दुःख व्यक्त गरेका छन् । कमेडी च्याम्पियन सिजन–३ मा सुनील खड्का विजेता भएका थिए र कार जितेका थिए । सीजी मोटर्स अन्तरगतको नेटा भीको गाडी जिते पनि खडेकाले अहिलेसम्म नपाएका हुन् ।

भण्डारी भन्छन्, ‘यसअघि बिजेतालाई महिना दिन नबित्दै गाडी उपहार दिने इतिहास थियो हाम्रो, तर यो पटक सिजन–३ को बिजेता कलाकार भाइलाई घोषित पुरस्कार दिन सकिएको छैन । कतिमय विभागको वेतन पनि बाँकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दा पनि नसकिने अवस्थामा उसले पु¥याएर छाडेको छ ।’

हेर्नुस् भण्डारीको स्टाटस्
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७