एलिनाको ‘लडाइँ’ अझै जारी


२०८२ श्रावण ३ शनिबार ०८:२५ बजे

काठमाडौं । युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानले आफ्नो लडाइँ सत्य बोल्ने नारीलाई दोषी बनाउने मानसिकताविरुद्ध भएको बताएकी छन् ।

यसअघि उनका पूर्वपति विष्णु सापकोटाले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै आफ्नो मौनतालाई कमजोर नठान्न चेतावनी दिएका थिए । उनले एलिनाको नाम नलिई सकिएको विषयमा धेरै बोलिएको पनि बताएका थिए ।

जवाफमा एलिनाले आफ्नो लडाइँ व्यक्तिसँग नभई सत्य बोल्ने नारीलाई दोषी बनाउने मानसिकताविरुद्ध भएको बताएकी हुन् ।

‘हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो । तर, समाजकै दबाब, सामाजिक सञ्जालको दुरुपयोग र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो । म कानुनी प्रक्रियामा जान बाध्य भएँ, म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ । मैले मेरो विगत खोल्नुपर्‍यो–त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन । त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन, न कुनै बदला लिने सोच । स्पष्ट भन्न चाहन्छु– यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन । यो लडाइँ हो, त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ,’ एलिनाले लेखेकी छन् ।

उनले आफूले आफ्ना भोगाइहरू सुनाउँदा आफैमाथि प्रश्न उठाइएको पनि बताएकी छन् । उनले देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको पनि बताएकी छन् ।

‘तर, अब म चुप लाग्दिनँ । अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो । म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु । किनकि, म एक्लो भए पनि सत्य मेरो साथमा छ,’ उनले भनेकी छन् ।

एलिनाले डिभोर्स गरेको छ महिना बितिसकेको छ, तर उनले अहिले पनि विभिन्न अन्तर्वार्ता र पोडकास्टहरुमा त्यही विषयमा बोल्दै हिँडेको देखिन्छ । सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्नेहरुविरुद्ध उनले ‘मिडिया एक्सपोज’ अभियानदेखि प्रहरीको साइबर ब्युरो हुँदै गृहमन्त्री रमेश लेखक समेत भेटिसकेकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७