उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा


२०८२ श्रावण २ शुक्रबार १२:३२ बजे

काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् ।  न्यायाधीश लम्सालले आज (शुक्रबार) बाट लागू हुनेगरी राजीनामा दिएको सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिए ।

उनका अनुसार न्यायाधीश लम्सालले स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएका हुन् । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए । ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । अवकाशमा जानुअघि नै उनले राजीनामा दिएका हुन् । उनको कार्यकाल अझै एक वर्ष बाँकी छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७