राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । बिहीबार साँझ मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो । आज बस्ने सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक हुनेछ ।
राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । राष्ट्र बैंकले उक्त नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत् सार्वजनिक गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नयाँ भवनमा २ बजे गभर्नर पौडेलले सार्वजनिक मौद्रिक नीतिबारेमा पत्रकारहरूसँग छलफल गर्ने तालिका छ ।
.gif)

.png)

