नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै


२०७९ माघ २७ शुक्रबार ०८:४१ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ । दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्नको लागि राष्ट्र बैंकले बिहान अहिले सञ्चालक समितिको बैठक बोलाएको छ । अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले विभिन्न नीतिगत विषयमा संशोधन गर्ने जनाइएको छ ।

बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, खराब कर्जा बढेको, लघुवित्तको समस्या बढ्दै गएकोलगायतका विषयमा राष्ट्र बैंकले विभिन्न नीतिहरु संशोधन गर्ने अनुमान छ ।

यस्तै, घरजग्गा कारोबार, शेयरबजार, विलासी वस्तुको आयातलगायतका विषयमा पनि अर्धवार्षिक समीक्षाले विभिन्न नीति संशोधन गर्नेछ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि निजी क्षेत्रका छाता सङ्गठनले विभिन्न सुझाव दिइसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७