सुत्केरीको मृत्यु, चिकित्सकमाथि हातपात


००:५८ बजे

रूपन्देही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्यु भएपछि आन्दोलित आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् ।

घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो । बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिए पनि त्यसो नहुँदा करिब १२ बजे अपरेशनमार्फत शिशुको जन्म गराइएको थियो । तर केही समयमै सुनारको मृत्यु भएपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन् ।

मृतकका आफन्तहरूले चिकित्सकको लापरवाहीका सुत्केरीको अवस्था जटिलता बढेको भन्दै अस्पताल परिसरमै प्रदर्शन गरेका छन् । उनीहरूले अपरेशन वार्डमा प्रवेश गरी केही चिकित्सकमाथि हातपात समेत गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका ससुरा महाबीर सुनारले आफ्नो माईली बुहारीको मृत्यु चिकित्सकीय लापरवाहीकै कारण भएको दाबी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान राखेका छन् । उनले नवजात शिशुको उचित उपचारको माग पनि गरेका छन् । यस विषयमा प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे आवश्यक जानकारी संकलनको भइरहेको बताएका छन् । उनले सुत्केरीको स्वास्थ्य अवस्था, उपचारका क्रममा अपनाइएका विधि र प्रक्रियाका आधारमा यथार्थ सार्वजनिक गरिने जानकारी दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७