बाढी प्रभावित रसुवामा उद्धार अभियान तीव्र पारिँदै, थप जनशक्ति र स्वास्थ्य टोली पठाइँदै
काठमाडौं : रसुवामा बाढीपछि उद्धार र राहत अभियानलाई तीव्र बनाउन सरकारले थप जनशक्ति तथा स्वास्थ्य टोली परिचालन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भइसकेको बताएका छन्। अन्य जिल्लाबाट पनि आवश्यक जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय पारिएको छ। मेडिकल टोली, नेपाल स्काउट र नेपाल रेडक्रससँग समन्वय भइरहेको तथा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ। जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। सर्वसाधारणलाई मोबाइल एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान सचेत गराउने काम पनि भइरहेको छ।
प्रधानमन्त्री शाहले सम्भावित उद्धारका लागि सबै हेलिकप्टर स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको र निजी हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन भनिएको बताएका छन्।
.gif)

.png)

