ऊर्जा मन्त्रालयद्वारा जलस्रोत तथा सिँचाइ विभागका ८७ उपसचिवको सरुवा
समान मापदण्ड नअपनाइएको कर्मचारीको गुनासो
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत कार्यरत ८७ जना उपसचिवस्तरका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले विभिन्न समूह तथा उपसमूहमा कार्यरत उपसचिवलाई विभागअन्तर्गतका विभिन्न आयोजना, कार्यालय तथा निकायमा जिम्मेवारी तोक्दै सरुवा गरेको हो। तर, पछिल्लो सरुवा प्रक्रियालाई लिएर केही कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सरुवा तथा पदस्थापनमा समान मापदण्ड र पारदर्शिता नअपनाइएको गुनासो गरेका छन्।
कर्मचारीका अनुसार सरुवामा अवसरको न्यायोचित वितरण नभएको देखिएको छ। विगतका सरुवा प्रक्रियामा जस्तै यसपटक पनि प्रशासनिक तथा व्यक्तिगत स्वार्थले निर्णय प्रभावित गरेको हुन सक्ने आशंका उनीहरूले व्यक्त गरेका छन्। सरुवा प्रक्रियामा अपनाइएको मापदण्ड सार्वजनिक गर्नुपर्ने र जिम्मेवारी बाँडफाँटमा समान अवसर सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ।
हेर्नूहोस् पूरा विवरणः
.gif)

.png)

