विश्व स्वास्थ्य संगठनले बाढी प्रभावितलाई एक लाख ५० हजार डलर सहयोग दिने


२०८३ भदौ १४ आइतबार १६:५९ बजे

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालका बाढीपीडितको अत्यावश्यक स्वास्थ्य तथा अन्य आवश्यकताका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ। डब्लूएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषबाट उक्त रकम उपलब्ध गराउने जनाएको हो। 

संगठनले आपत्कालीन स्वास्थ्य आवश्यकता सम्बोधनसँगै पुनःस्थापना तथा पुनर्उत्थानका प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि बाढी आएको केही घण्टामै डब्लूएचओले करिब १० हजार मानिसको तीन महिनासम्मको स्वास्थ्य आवश्यकता पूरा गर्न सक्ने आपत्कालीन स्वास्थ्य सामग्री र बहुउद्देश्यीय टेन्ट नेपाल पठाएको थियो।

प्रभावित क्षेत्रको आवश्यकताका आधारमा सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजरलगायत थप चिकित्सा सामग्रीसमेत परिचालन गरिएको डब्लूएचओले जनाएको छ। डब्लूएचओले स्वास्थ्य प्रतिकार्यको समन्वय, रोग निगरानी सुदृढीकरण तथा अत्यावश्यक स्वास्थ्य सेवा निरन्तरताका लागि सरकार र साझेदार संस्थासँग सहकार्य गरिरहेको छ।

बाढीपछि डुब्ने, चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खानाजन्य रोग र लामखुट्टेजन्य रोगको जोखिम बढ्न सक्ने डब्लूएचओले जनाएको छ। विस्थापन र आफन्त तथा घरसम्पत्ति गुमाउँदा प्रभावितको मानसिक स्वास्थ्यमा समेत असर पर्न सक्ने संगठनको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७