संघीय निजामती विधेयकमा दफावार छलफल गर्न ११ सदस्यीय उपसमिति गठन
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ । समितिको शुक्रबार बसेको बैठकले कांग्रेस सांसद दिलेन्द्र बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।
सभापति रामहरि खतिवडाका अनुसार सबै दलको प्रतिनिधित्व रहेको सानो टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने गरी उपसमिति बनाइएको हो । उपसमितिलाई कतिपय विज्ञसँग बसेर, आन्तरिक पनि बसेर टुंग्याउन भनिएको छ ।
उपसमितिमा अशोक राई, इश्वरी देवी न्यौपाने, चन्दा कार्की भण्डारी, दिलेन्द्र बडू, प्रकाश अधिकारी, बुद्विमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् । उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ ।
.gif)

.png)

