संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित


२०८२ भदौ १७ मंगलबार १९:४३ बजे

काठमाडौँ :  संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो ।  १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् । 

यसअघि राज्य व्यवस्था समिति बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको थियो । 

त्रुटिबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति समेत बनेको थियो । कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठित समितिका सदस्यमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा ९माओवादी केन्द्र०बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए ।  

दुई वर्ष कुलिङ पिरियड राख्न राज्य व्यवस्था समितिमा भएको सहमति विपरित विधेयकको अन्तिम मस्यौदामा अवकाश वा राजीनामा दिएका कर्मचारीले तत्काल नियुक्ति खान पाउने व्यवस्था घुसाएर राष्ट्रिय सभामा पठाइएको थियो। उक्त विषय सच्याएर कुलिङ पिरियड दुई वर्ष नै कायम गर्दै राष्ट्रिय सभाले विधेयक पारित गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७