बीआरआईमा ‘लोन’ भन्ने शब्दै छैन : पराराष्ट्र मन्त्री राणा


२०८१ पौष २९ सोमबार २२:४१ बजे

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)’ सम्झौता ‘लोन’ नभएको बताएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन् ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बिआरआई सम्झौतामा ऋण लिने बारे कुनै पनि कुरा उल्लेख गरिएको छैन, जसरी ऋण लिनेगरी सम्झौता भयो भनिदै आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिदैँ भनिन्, ‘सम्झौतामा ग्रान्ड र एड भन्ने शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ भन्ने शब्द कही कतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीचीनमा एकरूपता कायम गरिएको उनले जनाएकी छिन् । पोखरा विमानस्थल बीआरआई अन्तरगत हो कि होइन भन्ने पनि साम्सदहरुको प्रश्न थियो । जवाफमा मन्त्री राणाले पोखरा विमानस्थल बीआरआईमा हस्ताक्षर गर्नुभन्दा अगाडि नै अघि बढेको विषय भएको बताइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७