सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान दिन्छ : वीरेन्द्र बस्नेत


२०८१ पौष १२ शुक्रबार १२:४७ बजे

काठमाडौँ । बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिनसक्ने बताएका छन् ।

आज (शुक्रबार) नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियशन मिट २०२४ : नागरिक उड्डयन र अर्थतन्त्रबारे अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् । उनले भारतले पोखरा अन्ताराष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बीआरआई परियोजना अन्तर्गतको आयोजना भएकाले भन्दै उडान अनुमति नदिएको बताए ।

उनले सरकारले पोखरा अन्ताराष्ट्रिय विमानस्थललाई बीआरआई परियोजना अन्तर्गत नभएको स्पष्ट बनाए उडान अनुमति दिनसक्ने अवस्था रहेको बताएका हुन् । उनले पोखरा अन्ताराष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भनेर भारतले अनुमति नदिएकाले चल्न नसकेको दाबी गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता ३१९ वा त्योभन्दा सानो क्याटोगोरीको जेट विमान मात्रै चल्ने अवस्था रहेको बताए।

उनले पोखरा अन्ताराष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बीआरआई परियोजनासँग जोडिनु भएको बताए । उनले बीआरआई हो कि होइन नेपाल सरकारले व्याख्या गरिदिनुपर्ने अवस्था रहेको बताएका छन्। बस्नेतले भने, ‘हामीले बुझेसम्म भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असाध्यै जटिल विमानस्थल हुन् ।

पोखरा अन्ताराष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बीआरआई परियोजनको संज्ञा दिएको छ । बीआरआई हो कि होइन नेपाल सरकारले व्याख्या गरिदिनु पर्‍यो । बीआरआईका कारणले भारतले अनुमति नदिएको भन्ने छ । भारत र दक्षिणतिरका देशले बीआरआई परियोजनाका कारण उडान नगर्ने हुँदा उडानमा चुनौती देखिएको छ ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७