पुण्य गौतमलाई रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ


२०८१ असोज २४ बिहीबार १५:१३ बजे
फाइल फोटो

काठमाडौं । अभियन्ता पुण्य गौतमलाई रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार सञ्जीव तामाङ र दिलबहादुर गङदान पक्राउ परेका हुन् । तामाङ काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्छन् ।

गङदान रसुवा घर भई गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्छन् । उनीहरूले गौतमलाई घाइते बनाएर फरार भएका थिए । उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ । एसपी अधिकारीका अनुसार उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७