नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्ने’ भनेपछि पुण्य गौतम पक्राउ


२०७७ कार्तिक १९ बुधबार ०९:२७ बजे

काठमाडौं, १९ कार्तिक । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज (बुधवार) मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ ।

नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्ने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको छ ।

भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् । गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७