अष्ट्रेलियाको राजदूतका लागि कांग्रेसबाट चित्रलेखा यादवको नाम सिफारिस
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पार्टीकी केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनको नाम प्रस्तावित राजदूतको रूपमा संसदीय सुनुवाइ समितिमा जानेछ । समितिले अनुमोदन गरेमा उनी अष्ट्रेलियाको लागि नेपाली राजदूत बन्ने छिन् ।
सत्ता गठबन्धनमा भागवण्डा हुँदा अष्ट्रेलियाको राजदूत नेपाली कांग्रेसको भागमा परेको थियो । यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, अन्तिममा रिजालको नाम फिर्ता भएको थियो । अहिले सोही ठाउँमा यादवको नाम पठाइएको हो ।