कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायमै, पछ्याउँदै सिवाकोटी
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी छ।
खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन्। खतिवडालाई अजयबाबु सिवाकोटीले पछ्याइरहेका छन्।
दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। ५ हजार ८९ मत गणना हुँदा अजयबाबु सिवाकोटी १ हजार ५५६ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै, डिल्लीराम सुवेदीले १ हजार ३३० मत प्राप्त गरेका छन्। मतपरिणामअनुसार देवेन्द्रराज कँडेलले १ हजार १२, राजीव ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन्।
खुला सहमहामन्त्रीका दुई सिटका लागि मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
सहमहामन्त्री खुल्ला (२ सिट)
गणना भएको मतः ५,०८९
१. रामहरि खतिवडा–२,१७८
२. अजयबाबु सिवाकोटी–१,५५६
३. डिल्लिराम सुवेदी–१,३३०
४.देवेन्द्र राज कडेल–१,०१२
५. राजीव ढुंगाना–९०१
६. विकास कोइराला–८१५
७. अमृत कुमार अर्याल–६६६
८. रमेश प्रसाद धमला–५८०
९. विमलराज क्षेत्री–१९६
.gif)

.png)



