कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटीको अग्रता कायमै
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ ३ हजार ५८६ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्।
पछिल्लो प्राप्त मतपरिणामअनुसार खतिवडाले १ हजार ५८६ मत पाएका छन् भने अजयबाबु शिवाकोटी १ हजार १२८ मतसहित दोस्रो स्थानमा छन्।
मतपरिणामअनुसार डिल्लीराम सुवेदीले ९०९, देवेन्द्रराज कँडेलले ७५३, विकास कोइरालाले ५९५, राजीव ढुंगानाले ५७८, अमृतकुमार अर्यालले ४२१, रमेशप्रसाद धमलाले ४११ र विमलराज क्षत्रीले १४१ मत पाएका छन्।
खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुनेछन्। मतगणना जारी छ।
.gif)

.png)



