गृहमन्त्री गुरुङ भारत प्रस्थान


२०८३ असोज २६ सोमबार १८:४६ बजे

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार दिउँसो भारत प्रस्थान गरेका छन्।

उनी सोमबार नेपाल वायुसेवा निगमको विमानमार्फत भारत गएका हुन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा उनी सहभागी हुनेछन्।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुँदै छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७