छेकम्पारबाट हिडे ‘हराएका प्रकाश’, भोली सिर्दिबासमा भव्य बिदाई गरिने 


२०८१ भदौ १३ बिहीबार ०६:२६ बजे

काठमाडौं :  ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मा प्रस्तुत पात्र अर्थात् प्रकाश तामाङ्ग ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् । विहिबार प्रकाशलाई स्थानीय, जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेका थिए ।

विहिबार छेकम्पारगाउँबाट हिडेका प्रकाश साझ चुमनुव्री गाउँपालिकाको केन्द्र  सिर्दिबास, गोरखा पुगेका छन् । चुमनुव्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरुङको घरमा उनी बसेका छन् ।

उपाध्यक्ष गुरुङका अनुसार प्रकाशलाई गाउँपालिकाले शुक्रबार बिहान चुमनुव्री गाउँपालिकाको केन्द्रमा बिदाई कार्यक्रमको आयोजना गरेको छ ।  नयाँ पेजसँग उपाध्यक्ष गुरुङले भने, ‘आज मेरो घरमा नै बास बस्नु भएको छ । भोली गाउँपालिकाको केन्द्रमा बिदाई कार्यक्रमको आयोजना गरेका छौं ।’

प्रकाशलाई साहु टासी लामाले १० लाख पारिश्रमिक दिने भएका छन् । साहु टासीले चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा, नेपाल पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ र प्रकाशलाई भोजपुर फर्काउने अभियान चलाइरहेको तर्फबाट पत्रकार राजेश राईले समन्वय गरेर १० दिने प्रतिबद्धता जनाएका हुन् । यसैगरी गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । प्रकाशले काठमाडौं आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन् । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हेर्ने कथाको पछिल्लो एपिसोड 'हराएका वर्षहरू' हेरेँ ।  प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें – यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान्१ एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु।’ 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७