मेटमणि चौधरीलाई नेकपा एसले सोध्यो स्पष्टीकरण : किन मुलुकको अखण्डताविरुद्ध बोल्नु भएको ?


२०८१ भदौ २७ बिहीबार १९:५० बजे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । एक अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर उनलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।

महासचिव घनश्याम भुसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए ।

‘तपाईले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, (कालापानी र लिपुलेक) भारतको हो नि, भन्नु भएको रहेछ’ स्पष्टीकरण पत्रमा भनिएको छ । चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ ।
हेर्नुस् स्पष्टीकरण पत्र

 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७