कांग्रेस उपसभापति गुरुङविरुद्ध सहकारीको १५ करोड अपचलन गरेको आरोपमा उजुरी


१९:४७ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ ।

मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् । धनराज र ज्योति श्रीमान–श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । धनराज र ज्योतिले केहि समयअघि सम्बन्धविच्छेद गरेका छन् भने यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ ।

ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ । ललितपुरस्थित मितेरी सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ र उनका पति धनराज गुरुङले करिब १५ करोड रूपैयाँ अपचलन गरेको उजुरी परेपछि संसदीय छानबिन समितिले संस्थाका अध्यक्ष कुम्भराजलाई बोलाएको थियो । कुम्भराजले जे हो सबै प्रमाणहरू समेत बुझाएका छन् र यो बुढेसकालमा नखाएको विष नलागोस् भनेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७