भारतपछि क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा


२०८१ भदौ २९ शनिबार १९:४९ बजे
फाइल फोटो

न्युयोर्क । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा भ्रमणमा जाने भएकी छन् । क्यानडाको टोरन्टोमा हुने वुमेन्स फरेन मिनिस्टर्स मिटिङ (महिला परराष्ट्रमन्त्रीहरुको बैठक) मा सहभागी हुन लागेकी हुन् । परराष्ट्र स्रोतका अनुसार राणाले असोज ३ मा उक्त कार्यक्रममा नेपालको परराष्ट्रमन्त्रीको हैसियतमा सम्बोधन गर्नेछिन् ।

त्यसपछि उनी संयुक्त राष्ट्र संघको ७९ औं महासभा र समिट अफ द फ्युचरमा भाग लिन असोज ५ को बिहान न्युयोर्क आउने कार्यक्रम रहेको छ । केहि समयअघि मात्र परराष्ट्रमन्त्री देउवाले भारतको चार दिने भ्रमण गरेकी थिइन् ।  उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७