साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित, स्टेपहेन्सलाई रातो कार्ड


२०८१ भदौ २९ शनिबार १९:४५ बजे

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेडले साउथहम्पटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा माथिस डि लाइट, मार्कस राशफोर्ड र अलेक्जेन्डर गार्नाचोले एक–एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७९औं मिनेटमा ज्याक स्टेपहेन्सले रातो कार्ड पाएपछि साउथहम्पटन १० खेलाडीमा सीमित भएको थियो । यो म्यानचेस्टर युनाइटेडको यस सिजनमा दोस्रो जित हो । चार खेलमा दुई खेल हारेको म्यानचेस्टर युनाइटेडको ६ अंक भएको छ । त्यस्तै साउथहम्पटनले भने अहिलेसम्म यस सिजनका चारै खेलमा हार व्यहोरेको छ ।
 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७