सीके राउतले हाले श्रीमती सिन्धु रानीसँग सम्बन्धविच्छेद मुद्दा


२०८१ भदौ २६ बुधबार १९:४८ बजे
तस्वीर स्रोत : डा. राउतको फेसबुकबाट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेका छन् । राउतले दुई हप्ता अघि ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा हालेको स्रोतले जानकारी दिएको छ ।  सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा सम्बन्ध विच्छेदको कारण पनि खुलाएका छन् ।

राउतले हालेको मुद्दामा श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख रहेको अदालत स्रोत बताउँछ । प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुने कानुनका जानकार बताउँछन् । आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, घरपरिवार र बच्चाको रेखदेख नगरेकाले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा जनाएका छन् ।

२०७९ मंसिरको प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी एक वर्षमै राष्ट्रिय दल बन्न सफल भएको थियो । सप्तरीमा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन् । उनले बेलायतको क्याम्ब्रिज विश्व विद्यालयबाट विद्यावारिधि गरेका छन् । उनले ‘वैरागदेखि बचावसम्म’ पुस्तक पनि लेखेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७