टिपरले ठक्कर दिंदा मोटरसाइकलमा सवारी सेनाका लेस नायकको मृत्य, अर्का गम्भीर घाइते 


२०८१ भदौ २९ शनिबार १९:४५ बजे

गोरखा । आबुँखैरेनी–गोरखा सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–९ दलभन्ज्याङमा आज (शनिबार) टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ । दुर्घटनामा सेनाका अर्का एक लेस नायक नै गम्भीर घाइते भएका छन् ।

गोरखा बजारबाट आबुँखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा ७० प २८७१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जना घाइते बनेका थिए । दुर्घटनामा घाइते बनेका मोटरसाइकलमा सवार इलाम, देउमाई गाउँपालिका–२ घर भई रिपुमर्दन गण गोरखामा कार्यरत २५ वर्षीय सुरेन्द्र राईको उपचारको क्रममा शनिबार साँझ गोरखा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै संखुवासभाको संखुवासभा नगरपालिका–३ खापाङ घर भएका जनम राई घाइते भएका छन् । उनको गोरखा अस्पतालमा उपचारपपछि थप उपचारका लागि काठमाडौंस्थित नेपाली सेनाको हस्पिटल रेफर गरिएको छ । उनको दाहिने हात र काँधमा चोट लागेको छ । दुर्घटनामा परेका सुरेन्द्र र जनम दुवै जना रिपुमर्दन गण गोरखामा लेस नायक पदमा कार्यरत थिए । टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७