रावल तलसम्म जाँदा भट्टलाई ‘अप्ठ्यारो’


२०८१ भदौ २९ शनिबार १९:३८ बजे

कैलाली । सत्तारुढ नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भइरहेको आरोप लगाएका छन् ।

नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै इञ्चार्ज भट्टले यस्तो टिप्पणी गरेका हुन् । ‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो । तर, उहाँ तलतल आउनु भयो । जसका कारण सुदूरपश्चिममा पार्टीभित्र समस्या देखियो,’ इञ्चार्ज भट्टले भने ।

रावल हरेक पटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरूको गुट बनाउँदै हिँडेको उनको आरोप छ । भीम रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरूसँग रहेको पनि उनले बताएका छन् । ‘जुन जिल्लामा गए पनि उहाँको गुटको भेला हुने, नेता–कार्यकर्ताहरूलाई भडकाउने कार्यहरू भएका छन् । उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ । तल–तल आएर गतिविधि गर्न थाले पछि पार्टी बिग्रिन थालेको छ,’ इञ्चार्ज भट्टले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७