बस र माइक्रो आपसमा ठोक्किँदा आठ घाइते, दुई गम्भीरलाई काठमाडौं पठाइँदै


२०८१ भदौ ११ मंगलबार ०६:३३ बजे

धादिङ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका– ८ ससाहमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते भएका छन् ।

धादिङबाट काठमाडौं जाँदै गरेको ना.७ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९इभी भ्यान आपसमा ठक्कर खाँदा माइक्रोमा सवार आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।  

दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको धादिङ अस्पतालका सूचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७