मणि थापा एमालेबाट पदमुक्त


०७:०६ बजे

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त भएका छन् । उनलाई एमालेले स्थायी कमिटी सदस्यबाट हटाएको हो । उनी लामो समयदेखि एमालेमा निष्क्रिय रहँदै आएका थिए ।

उनको स्थानमा हिजोको सचिवालय बैठकबाट स्थायी कमिटी सदस्य मनोनित गरेसँगै उनलाई पदमुक्त गरिएको हो । सचिवालय बैठकले दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको हो । माओवादीबाट एमालेमा आएका थापा निर्वाचन अघिदेखि नै निष्क्रिय बस्दै आएका थिए ।

२०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो । एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन् । मंसिर ४ गतेको निर्वाचनमा उनी गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी भए ।

प्युठान नगरपालिकाका ८, ९, १० वडाका घरदैलो सभामा बोलाए पनि उनी गएनन् ।२०७९ साउनमा नेपाल अध्ययन केन्द्रले काभ्रेको एक रिसोर्टमा वामपन्थी आन्दोलनबारे विमर्श गरेको थियो । छलफलमा मणि थापा पनि थिए । त्यहाँ उनले एमाले दक्षिणपन्थी पार्टी रहेको संश्लेषण सुनाए । एमाले मात्र नभई नेपालका सबै वामपन्थी घटक दक्षिणपन्थकै यात्रामा रहेको उनको तर्क थियो ।

‘कम्युनिस्ट आन्दोलनमा सधैंभरि वामपन्थी र दक्षिणपन्थी हुन्छ । अहिले नेपालमा भएका सबै कम्युनिस्टहरू दक्षिणपन्थी हुन् । म पहिला माओवादी पार्टीमा थिएँ, अहिले एमालेमै छु, यो पनि दक्षिणपन्थी कम्युनिस्ट हो,’ उनले भनेका थिए, ‘यो दक्षिणपन्थी कम्युनिस्टले संसदीय व्यवस्थासँग आत्मसमर्पण गरेको छ ।’ उक्त विमर्शमा एकातिर उनले आफैं स्थायी कमिटी सदस्य रहेको पार्टी दक्षिणपन्थी भासतिर अघि बढेको औंल्याएका थिए भने अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीमाथि  पनि प्रश्न उठाएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७