गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता हुने
पोखरा : नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना चार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले संसदीय दलको आज बसेको बोर्ड बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए।
एमालेले अन्य प्रदेशमा नेकपा नेतृत्वको सत्ता सहकार्य सुरु भइसकेको भन्दै गण्डकीमा पनि नयाँ सत्ता समीकरण निर्माणका लागि पहल अघि बढाउने जनाएको छ। थापाका अनुसार गण्डकीमा पनि एमाले र नेकपाबीच सहकार्य गरेर सरकार गठनका लागि प्रक्रिया अघि बढाइनेछ। हाल कांग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेका चार मन्त्री छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा गोविन्दबहादुर नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटनमन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका छन्।
एमालेको पछिल्लो निर्णयसँगै गण्डकी प्रदेश सरकारको सत्ता समीकरणमा फेरबदल हुने भएको छ। नयाँ सरकार गठनका लागि एमालेले नेकपासँग सहकार्यको पहल अघि बढाउने तयारी गरेको छ।
.gif)

.png)

