११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको उद्धार
काठमाडौं : बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाली विपद् उद्धार विज्ञ टोलीले केहीबेरअघि टनेलबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याउने तयारी गरिएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीपछि उनी टनेलभित्र फसेका थिए। बाढी गएको ११औँ दिनमा उनको उद्धार गरिएको हो।
.gif)

.png)

