नेपाललाई विश्वले क्षतिपूर्ति दिनुपर्छ: शंकर पोखरेल
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोसी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने औद्योगिक राष्ट्रबाट नेपालले पाउनुपर्ने बताएका छन्।
एमाले विशेष संगठन कमिटीले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले विकसित देशबाट हुने अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए।
'विकसित देशहरूले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी गरिरहेका छन्। त्यसका कारण वातावरण परिवर्तन भइरहेको छ र त्यसको मार नेपालजस्ता विकासशील देशमा परेको छ,' पोखरेलले भने, 'हिमाली मुलुक नेपाल त्यसबाट प्रभावित भई बर्सेनि ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ।'
उनले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित तथा औद्योगिक राष्ट्रबाट माग गर्नुपर्नेमा जोड दिए। पोखरेलले बाढी प्रभावित क्षेत्रमा एमालेका नेता तथा जनसंगठनका कार्यकर्ता तत्काल पुगेर उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राख्दै अहोरात्र खटिएको पनि बताए।
.gif)

.png)

