म रक्षामन्त्री हुँदा वीरेन्द्रले भनेको नमानी प्रधानसेनापति हटाइ दिएँ : माधव नेपाल


२०८१ श्रावण १५ मंगलबार ००:२१ बजे

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली विद्यार्थी र युवापुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुदलगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताएका छन् । उनले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा कडा रूपमा प्रस्तुत भएको दावी समेत गरे । 

अध्यक्ष नेपालले तत्कालीन राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गर्न नचाहँदा पनि आफूले बर्खास्त गरेको बताए । उनले तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताए । उनले त्यो समयसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण गरे । 

‘म लेबनान गएको थिएँ । त्यहाँ रहेका नेपाली सेनाका हाकिमहरू थाहा पाएर मलाई भेट्न आए । किन आए भने म सेनाको पनि रक्षामन्त्री थिएँ । पछि भ्रष्टाचार गरेकाले प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले एक पटक माफ दिनुस् न त भने, मैले माफी दिन सकिँदैन भनेर हटाइ दिएँ,’ उनले भने । अध्यक्ष नेपालले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने बताए । अनुशासित भए मात्रै राम्रो जीवनयापन गर्न सकिने उनको भनाइ थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७