चट्याङ लागेर खेलिरहेका बालकको गयो ज्यान, बालिका घाइते


०५:४७ बजे

विराटनगर । चट्याङ लागेर मोरङमा एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छन् । आइतबार दिउँसो खेलिरहेको अवस्थामा चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार राजाबुलको घर पछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ परेको थियो । चट्याङ लागेर घाइते बालिकाको अवस्था भने सामान्य छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७