संसदबाटै चन्द्र भण्डारीले भने–मिल्ने भए गायिका विष्णु माझीलाई सार्वजनिक गरौं


०१:०२ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मिल्ने भएमा गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले गायिका माझीलाई हरेक नेपालीले हेर्न चाहेको बताएका छन् ।

‘मैले अधिकारमाथि हनन् गर्न खोजेको होइन । यति राम्रो गीत गाउने, यति राम्रो स्वर भएकी विष्णु माझीलाई देख्न पाए हुन्थ्यो भन्ने नेपालीको हरेक मनले भनेको छ । उपाय छ भने सार्वजनिक होस्,’ उनले भने । गायिका माझी लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । वर्षमा एकाध गीत गाउने उनका हरेक गीत लोकप्रिय हुने गर्छन् । यस पटकको तीजमा पनि उनले गाएको ‘आइनँ आमा’ गीत बजारमा चर्चित बनेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७