उर्जा राज्यमन्त्री ‘कान्छाराम’ सँग किन रिसायो आफ्नै जिल्लाको पार्टी ?


०५:४० बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको रामेछाप कार्यसमितिमा चर्को विवाद देखिएको छ । सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टी संगठन एकलौटी तरिकाले चलाएको भन्दै सचिव दीपक खड्का विरोधमा उत्रेका हुन् ।

उर्जा राज्यमन्त्री समेत रहेका सभापति कान्छारामले एकलौटी ढङ्गबाट काम गरेको र सचिवको अधिकारभित्रको कार्यमा हस्तक्षेप गरेको खड्काले आरोप लगाएका छन् । सभापति कान्छारामले तानाशाही प्रवृत्ति देखाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कान्छारामले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिवद्धता जनाए पनि बीपी जयन्तीको अवसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा विरोध गरिने खड्काले उल्लेख गरेका छन् । २४ भदौमा हुने बीपी जयन्तीको कार्यक्रमका लागि जिल्ला समितिमा छलफल नगरिएको भन्दै खड्काले आपत्ति जनाएका छन् । जिल्ला कार्यसमिति सचिव दीपक खड्काले एक विज्ञप्ति जारी गर्दै कान्छारामले एकलौटी निर्णय गरेको दाबी गरे ।

कान्छारामले आफ्नो अधिकारको कार्यमा समेत हस्तक्षेप गरेको उनको भनाई छ । सचिव खड्काले भनेका छन्, ‘कान्छारामले विना सल्लाह एकलौटी ढंगबाट कार्य गर्ने, सचिवहरुको अधिकारभित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मर्यादामा समेत असर पर्ने कार्यगरी एकलौटी तबरबाट आफू सभापति हुनेबित्तिकै पार्टीको सबै कार्य गर्ने आफैं भएको महशुस गरी विधानविपरीत तानाशाही प्रवृत्तिको साथ अगाडि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण कांग्रेस शुभचिन्तकहरुलाई तानाशाही कार्यका विरुद्ध लाग्न अनुरोध गर्दछु ।’ त्यस्तै सचिव खड्काले पार्टीमा छलफल नगरी कान्छारामले भोलि विपि जयन्तीको आयोजना गर्न लागेकाले त्यसको अवरोध गर्ने जानकारी गराएका छन् ।
हेर्नुस् विज्ञप्ती


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७