मुख्यमन्त्रीको चेतावनीपछि  पूर्व मुख्यमन्त्रीले ‘खुसुक्क’ फिर्ता गरे सरकारी गाडी


०५:४१ बजे

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व–मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सरकारी गाडी फर्काएका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी ‘खुसुक्क’ फिर्ता गरेका गरेका हुन् ।

यसअघि पनि प्रदेश सरकारका गाडी फिर्ता गर्न ताकेता गरिएको भए पनि केसीले बेवास्ता गर्दै आएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि गत भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाटै पूर्व विशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेका थिए । मुख्यमन्त्री आचार्यले सरकारी गाडी फिर्ता नभए प्रहरीले लगाएर भए पनि फिर्ता ल्याइने चेतावनी दिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयको १५ दिनपछि पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिएका छन् । पूर्व विशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताए । 

पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेपनि पुर्व सभामुख पूर्णबहादुर घर्तीले भने अझै फिर्ता गरेका छैनन् । घर्तीले लु १ झ ४४४ नम्बरको गाडी प्रयोग गरिरहेका छन् । घर्ती दुवैले प्रयोग गरिरहेका गाडी प्रदेश सरकारका महंगा गाडीमा पर्छन् । वि.सं. २०७८ साउन २८ गतेदेखि २०७९ पुस २६ गतेसम्म मुख्यमन्त्री रहेका केसी अहिले नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इञ्चार्ज छन् । २०७४ फागुन २ गतेदेखि २०७९ पुससम्म ५ वर्ष प्रदेशसभाको सभामुख बनेका घर्ती हाल प्रतिनिधिसभा सदस्य छन् । घर्ती रुकुमपूर्वबाट प्रतिनिधिसभामा माओवादीबाटै निर्वाचित सदस्य हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७