अर्को जन्म पनि सिनेमामै होस् : राजेश हमाल


०५:४० बजे

काठमाडौं । अभिनेता राजेश हमालले आफ्ना दर्शकहरूले आफूलाई राजनीतिमा आई दिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको सुनाएका छन् । ललितपुरमा भएको काठमाडौं कलिङ साहित्य सम्मेलनको एक सेसनमा बोल्दै उनले राजनीति ठीक अवस्थामा नहुँदा अन्य क्षेत्रका मान्छेहरू पनि राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा रहने गरेको आफूले पाएको बताए ।

‘मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नु हुन्छ । यो हाम्रो राष्ट्रको बिडम्बना हो । जो राजनीतिमा लागिरहनु भएको छ । उहाँहरूबाट खासै काम भएको छैन । उहाँहरू निराश हुनुहुन्छ । हरेक व्यक्तिले सम्भावना खोजिरहनु भएको हुन्छ । सम्भावना हरेक क्षेत्रबाट खोजिरहनु भएको हुन्छ । तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन’ अभिनेता हमालले भने ।

जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने बताए । ‘राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरु अङ्गले काम गर्दैनन् । मेरुदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरु धेरै कुरा कमजोर हुन्छ ।’

उनले चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक हुने बताए ।   तर सबै नायकले त्यतिको हिरोइजम प्रदर्शन नगरेको हुनसक्ने व्याख्या गरे । ‘हरेक नायकले हरेक कथावस्तु भएको चलचित्रमा बहादुरी गर्नुपर्छ भन्ने छैन । सामान्य कथावस्तुमा पनि काम गर्न सकिन्छ । सघंर्षशील व्यक्तिको प्रतिनिधित्व गरेर अभिनय गर्न सकिन्छ । उहाँहरू पनि त नायक हो । किनकी फिल्मको कथाको केन्द्रीय पात्र नै नायक हो’ उनले भने । 

अभिनेता हमालले पुनर्जन्म भए आफूलाई महिला भएर जन्मिनु पर्छ कि जस्तो लाग्ने बताएका छन् । कार्यक्रममा एक सहभागीले ‘यदि पुनर्जन्म भयो भने तपाईं के बन्न चाहनु हुन्छ ?’ भन्ने प्रश्नको रमाइलो जवाफ दिंदै उनले ठट्टा गरे, ‘पुरुष त भइहालियो ।’ ‘यदि अर्को जन्म छ भने सिनेमामै हुन चाहनु हुन्छ ?’ भन्ने प्रश्नमा उनले केही गम्भीर मुद्रामा भने, ‘अहिलेको बिन्दुबाट हेरियो भने चाहिँ अर्को जन्म पनि सिनेमामै होस् भन्ने लाग्छ ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७