पलेसालाई कांग्रेसको पाँच लाख पुरस्कार, सरकारको ६५ लाख पाउन बाँकी 


०५:३७ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिक काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई नगदसहित सम्मान गरेको छ । आज (आइतबार) कांग्रेस केन्दीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनलाई सम्मान गरेका हुन् । कांग्रेसले उनलाई नगद पाँच लाख रुपैयाँ र सम्मानपत्रका साथ सम्मान गरेको हो । 

पारा ओलम्पिकको इतिहासमा नेपालले पहिलो पटक पदक जित्ने क्रममा पलेसाले त्यो सफलता दिलाएकी थिइन् । पलेसालाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरले समेत सम्मान गरिसकेका छन् । सरकारले उनलाई ६५ लाख रुपैयाँसहित सम्मान गर्ने जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७