गुठीको जग्गा कमाएकै आधारमा मोहियानी हक नलाग्ने 


०५:४९ बजे

काठमाडौँ । सर्वोच्च अदालतले गुठीको जग्गा कमाएकै आधारमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । कीर्तिपुरको चिलङ्चो भगवान् गुठीको जग्गा कमाउने धर्मबज्र बज्राचार्यले आफ्नो नाममा मोहियानी हक कायम हुनुपर्ने दाबीसहित दायर गरेको रिटमा फैसला गर्दै न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा र सुनीलकुमार पोखरेल सम्मिलित विशेष इजलासले मोहियानी हक नलाग्ने ठहर गरेको हो ।

गुठी सञ्चालनका लागि राखिएको जग्गा गुठियारहरूले संरक्षण र सञ्चालन गर्दै निरन्तरता दिनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ । मोहियानी हक भन्दै जग्गाको स्वामित्वमाथि नै दाबी गर्दा गुठीको पवित्र उद्देश्य खण्डित भएर धर्म लोप हुने सर्वोच्चको ठहर छ । गुठी वापत राखेको जग्गा कमाएकै आधारमा मोहियानी हक कायम गर्दा जाँदा त्यस्तो भाग टुक्राएर बिक्री गर्ने अवस्था सिर्जना हुने पनि सर्वोच्चको ठम्याइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७