बालेनको कार्यशैलीप्रति कांग्रेसले उठायो यस्ता प्रश्न

महानगरबासीलाई आतंकित बनाएको आरोप


००:५५ बजे

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको कार्यशैलीप्रति सत्तारुढ नेपाली कांग्रेसले मुख खोलेको छ ।कांग्रेस काठमाडौं महानगर समितिको बैठकपछि नगर सभापति निलकाजी शाक्य र महानगरको मेयर उम्मेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै बालेनको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एकलौटी सूचना जारी गरेर महानगरबासीलाई आतंकित बनाएको आरोप विज्ञप्तीमार्फत लगाइएको छ । विज्ञप्ति जारी गर्दै मेयर बालेनले कार्यपालिका बैठक वा कार्यपालिका सदस्यहरुसँग छलफल नै नगरी एकल निर्णयबाट सूचना प्रकाशित गराएको भन्दै खेद प्रकट गरेका छन् ।

काठमाडौं महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरुले नागरिकको हित र आवश्यकतालाई प्राथमिकता नदिएको उनीहरुे कांग्रेस महानगर समितिले ठहर गरेको छ । काठमार्डौं महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा मेयर साहले महानगरवासीको हितमा काम नगरेको विज्ञप्तिमा भनिएको छ ।’

‘काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरु पर्दछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस निर्णयले स्थानीय वासिन्दाहरुको पुराना बस्ती, वासस्थान र धार्मिक सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लोप हुनेसम्मको अवस्था सिर्जना भएको नेपाली काग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ ।’

महानगरबासीको हकतिको संरक्षणका लागि यसको समस्या समाधानका लागि राज्यका तीनै अंगमा ज्ञापनसहित अनुरोध गर्ने पनि समितिले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतले नदीनालाको २० मिटर भाग छोड्नुपर्ने आदेश गरेपछि मेयर बालेनले सूचना जारी गराएका थिए । त्यस विषयमा छलफल गर्न सरकारले कार्यदल पनि गठन गरिसकेको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७