प्रचण्ड ‘कामचलाउ’ प्रधानमन्त्री, अर्को नबनेसम्म यही सरकारले काम गर्ने शीतलनिवासको सूचना

राष्ट्रपतिद्वारा सरकार गठनका लागि कानुनविद्सँग परामर्श


२०८१ असार २८ शुक्रबार ०६:३५ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिएका छन् । राष्ट्रपति कार्यालयले आज (शुक्रबार) साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको व्यहोरा जानकारी भएको बताएको छ । 

राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 ‘नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिद्वारा सरकार गठनका लागि कानुनविद्सँग परामर्श
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उनले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श थालेका हुन् । 

नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानुनविद्सँग परामर्श गरेका हुन् । राष्ट्रपति पौडेलले कानुनविद् पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीसँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ ।

हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७