अाज पश्चिम रुकुममा पुनः मतदान, कांग्रेस सहभागी नहुने


२०:२० बजे

काठमाडाैं : गत आइतबार मतदान स्थगित भएको पश्चिम रुकुममा अाज मतदान हुने भएकाे छ । पश्चिम रुकुमकाे  समानुपातिक तर्फको मतदान स्थगित भएको आठविसकोट ११ को नेपाल राष्ट्रिय मावि मतदान स्थलको (ख) मतदान केन्द्र र प्रतिनिधि सदस्य सदस्यका लागि मतदान स्थगित भएको बाँफिकोट गाउँपालिकाको रत्न आधारभुत विद्यालय मतदान स्थलको (क) मतदान केन्द्रमा पुन : मतदान हुने भएकाे हाे ।  मतपेटिकामा एसिड खसालिएपछि  आइतबार मतदान स्थगित भएको थियो । कांग्रेसले आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मतदान स्थलको (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने भएको छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म शुक्रबारका लागि तोकिएको पुनः मतदानमा सहभागी नहुने बताएको हो । आइतबार मतदानका क्रममा कांग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिको रुपमा बसेका केशववहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । खड्कालाई बिना कारण फसाईएको भन्दै कांग्रेस आठविसकोटले उनको रिहाइको माग गर्दै रिहाइ नगरिए  मतदानमा सहभागी नहुने निर्णय गरेको हो । मतदानका विषयमा छलफल गर्न विहिबार बोलाईएको सर्वदलीय बैठकमा कांग्रेस सहभागी भएन । कांग्रेस सहभागी नभएपछि अन्य दलको सहभागतामा बैठक बसेको मतदान अधिकृत कर्णवहादुर कँवरले जानकारी दिए । पार्टीको स्थानीय तहले मतदानमा सहभागी हुने निर्णय गरेपनि यसबारेमा अन्तिम निर्णय विहिबार साँझसम्म हुने कांग्रेस रुकुम (पश्चिम)ले जनाएको छ । यसबारेमा छलफल गर्न जिल्ला सभापति प्रेमप्रकास ओलीसहितको टोली आठविसकोट तर्फ गएको छ । आठविसकोट पुगेर स्थानीय पार्टी समितिसंग छलफल गरेर यसबारेमा अन्तिम निर्णय हुने जिल्ला सभापति प्रेमप्रकास ओलीले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७