आइजीपीकै अड्डामा समायोजनमा अन्याय, पहुँच नहुनेहरु ६ महिनामै प्रदेशमा लखेटिए


२०७५ श्रावण ७ सोमबार ११:२८ बजे
[caption id="attachment_68615" align="aligncenter" width="750"] डीएसपी सीताराम चापागाई र सई महेश श्रेष्ठ[/caption] काठमाडौं, ७ साउन । नेपाल प्रहरीको प्रधान कार्यालयमा ५ बर्षभन्दा बढी समय कार्यरतहरुलाई प्रदेशतिर सरुवा गर्ने नीति लागू हुन सकेन । आइतबार प्रहरी जवानदेखि सईसम्मको सरुवामा आइजीपीको नीतिअनुसार नभएको गुनासो ब्यापक छ । यसले आइजीपी खनालको कथनी र करनीमा भिन्नता देखिएको महसुस तल्लो तहका प्रहरीले गरेका छन् ।   दसौं बर्ष प्रहरी प्रधान कार्यालयमा बस्ने सुविधाभोगी प्रहरीलाई समायोजनमा पारिएन, तर हेडक्वाटरमा बसेको एक बर्ष पनि नपुगेकालाई समायोजनमा प्रदेशमा पारिएको छ । प्रत्येक शाखाबाट सोझासाझा पहुँच नभएकाहरु समायोजनमा परे । हाकिमसँग नजिक हुने र भेटीघाटी दिइरहनेहरु जति बर्ष भए पनि समायोजनमा नपरेको समाचार छ । हेडक्वाटरमा जागिर खाएदेखि २० बर्षसम्म कार्यरत सई महेश श्रेष्ठ र असई तारा दर्लामीको हकमा लागू भएन । आइतबारको सरुवामा ६ महिना पनि नपुगेकाहरु प्रदेशमा खेदिएका छन् । तर जागिर अवधिको २० बर्ष भइसकेका गुप्तमाया श्रेष्ठ, अमर मिश्रको हकमा पनि लागू हुन नसकेको गुनासो छ । आइतबारको दरबन्दी समायोजन अन्तर्गत सिपाहीदेखि सईसम्मको सरुवामा ५ बर्ष पूरा भएकालाई हेडक्वाटरबाहिर पठाउने कुरामै सीमित भएको छ । प्रशासन शाखाका डीएसपी सिताराम चापागाईले सई महेश श्रेष्ठलाई बिदामा पठाएर उनलाई सरुवा गर्नबाट रोकेको आरोप छ । महेश श्रेष्ठ सिपाहीदेखि हवल्दार, असई र सई हुँदासम्म प्रशासन शाखामै छन् । उनकै जोडबलमा असई तारा दर्लामी र गुप्तमाया श्रेष्ठ पनि १० बर्षदेखि त्यही शाखामा कार्यरत छन् । प्रशासन शाखामा सई श्रेष्ठले कुनै नयाँ प्रहरी कर्मचारीलाई टिक्नै नदिई मनपरी गर्दैआएका छन् । हेडक्वाटरबाट ५ बर्ष अवधि पुगेकाहरु सरुवा गर्दा डीएसपी चापागाईले बिरोध हुन्छ महेश श्रेष्ठलाई बिदामा पठाएका थिए । डीएसपी चापागाई र सई महेश श्रेष्ठले प्रशासन शाखामा बिदाको रेकर्ड नै नराखी मनपरी गर्दैआएका छन् । डीएसपी चापागाई र महेश श्रेष्ठले गुप्तमाया श्रेष्ठलाई १८–१९ बर्षदेखि प्रशासनमा राखेका छन् । बाहिर दरबन्दी देखाएर काजमा राखिएको छ । प्रशासन शाखामा मात्र होइन, आइतबार भएको सरुवामा सबै शाखामा पहुँच हुनेहरु जति बर्षदेखि हेडक्वाटर बसेका भए पनि समायोजनका नाममा प्रदेशमा सरुवा नभएको स्रोतले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७