मंसिर लागेयता सुन तोलामा २४ हजार ६ सय सस्तियो


२०८३ मङ्सिर ६ आइतबार १३:३२ बजे

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ । आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेको छ । शुक्रबार ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंसिर लागेयता सुनको मूल्य प्रतितोला २४ हजार ६ सय रुपैयाँ घटिसकेको छ । मंसिर १ गते प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार २ लाख ४२ हजार ६ सय रुपैयाँमा झरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७