दुई दिनमै सुनको मूल्य ९ हजार ६०० रुपैयाँ घट्यो


२०८३ मङ्सिर ३ बिहीबार १४:१८ बजे

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ ।

बुधबार पनि सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घटेको थियो । लगातार दुई दिनको गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । बुधबार ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३ हजार ३३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७