सुनको मूल्यमा एकैदिन ३ हजार २०० रुपैयाँको गिरावट

चाँदीको भाउ पनि ओरालो


२०८३ कार्तिक १३ शुक्रबार १३:२१ बजे

काठमाडौं : नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार २०० रुपैयाँ सस्तिएको छ। चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ थियो।

एक दिनमै सुनको मूल्यमा आएको यो गिरावटले बजारमा सुन खरिद गर्ने उपभोक्तालाई केही राहत दिएको छ। बिहीबार भने सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको थियो।

चाँदीको मूल्यमा पनि शुक्रबार प्रतितोला १०५ रुपैयाँको कमी आएको छ। बिहीबार ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ। नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारको उतारचढावले समेत प्रभाव पार्ने गर्छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७