ठोरीको इनार–पोखरी योजनामा घुस लिएको आरोपमा प्राविधिक अधिकृतसहित दुई कर्मचारीविरुद्ध मुद्दा


२०८३ मङ्सिर २ बुधबार १६:११ बजे

काठमाडौं : पर्साको ठोरी गाउँपालिकामा सञ्चालित सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मत योजनाको भुक्तानी र धरौटी रकम फिर्ता गरिदिने भन्दै ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा दुई सरकारी कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगन्जमा कार्यरत अधिकृत छैटौँ गजेन्द्रप्रसाद जायसवाल र विकी यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ठोरी गाउँपालिका–३ मा सार्वजनिक इनार तथा पोखरीको पुनर्भरण, भण्डारण, निर्माण र मर्मतसम्भार योजना सम्पन्न भएपछि भुक्तानी र धरौटी रकम फिर्ताका लागि उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए ।

अनुसन्धानका क्रममा दुवै कर्मचारीले आपसी मिलेमतोमा ३ लाख ४५ हजार रुपैयाँ घुस लिन सहमति गरेको र जायसवालले कार्यालय समयमा रकम लिन नमिल्ने भन्दै अर्कै व्यक्तिमार्फत रकम बुझ्न लगाएको खुलेको अख्तियारले जनाएको छ ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ३ लाख ४५ हजार रुपैयाँ कायम गरी कैद र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७