ओलीको अडान : वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्छ


२०८३ मङ्सिर ४ शुक्रबार १७:४४ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले तोकेको समयमै निर्वाचन हुनुपर्ने बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले संविधानअनुसार वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्ने बताएका हुन् ।

‘संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्छ। एक ठाउँमा संविधान मिचियो भने अर्को ठाउँमा मिचिन्छ। संविधान मिच्ने कुरामा हामी भर्‍याङ लगाइदिन सक्दैनौँ,’ उनले भने ।

ओलीले चुनावमा अन्तर्घात गर्ने तथा पार्टी नबदली मत बदल्नेहरूलाई एमालेमा ठाउँ नरहने पनि स्पष्ट पारे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७