दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार


२०८३ मङ्सिर २ बुधबार १५:३८ बजे

काठमाडौं : निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अन्तरिम आदेश नदिई सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारण पेश गर्न अदालतले सरकारलाई आदेश दिएको छ । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ ।

सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि मुद्दाको नियमित सुनुवाइको मिति तोकिनेछ । अदालतको आदेश भने सार्वजनिक भइसकेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७